Tue Sep 11, 2018 15:46

पोखरेली बालबालिकालाई पारसले देखाए टेस्ट खेल्ने सपना

Aug 13, 2018


२८ साउन, पोखरा । ‘तिमीहरुको हातमा त ब्याट छ, मैले त काठलाई ब्याटजस्तो बनाएर खेल्न सिकेको हुँ’ पोखरा क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका बालबालिकासँग रमाउँदै गर्दा नेपाल क्रिकेट टिमका कप्तान पारस खड्का विगत सम्झिए ।कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै प्रशिक्षक जगत टमाटा पोखरा पि्रमियर लिगका लागि भइरहेको मैदान मर्मतसम्भार हेर्न आइतबार पोखरा पुगेका थिए ।

त्यसक्रममा पारस टिममेटसमेत रहेका करण केसीले सञ्चालनमा ल्याएको एकेडेमीमा पुगेका हुन् । कप्तान पारसलाई भेट्न पाउँदा क्रिकेटमा भविष्य खोजिरहेका बालबालिका रमाए । उनीहरुले एक्लाएक्लै, सामूहिक तस्वीर खिचाए ।अधिकांशले व्याट, बल र राष्ट्रिय झण्डामा अटोग्राफ लिए । त्यसक्रममा पारसले भने, ‘अहिले तिमीहरु भाग्यमानी छौ, ब्याट पाएका छौ, गुरु पाएका छौ, राम्रोसँग खेल्नु ।’उनले क्रिकेटसँगै अध्ययनलाई पनि निरन्तरता दिन सुझाव दिए । ‘क्रिकेट खेल्नुपर्छ तर, अध्ययन भने छाड्नु हुँदैन’ पारसले भने, ‘शिक्षा बिना त संसार अँध्यारो हुन्छ, बरु दुबैलाई सँगैसँगै अगाडि बढाउनु, भोलि भविष्य सुन्दर हुन्छ ।’

क्रिकेटमा भविष्य रहेको भन्दै उनले अब टेस्ट खेल्ने पालो नयाँ पुस्ताको काँधमा आएको बताए । क्रिकेट सिकिरहेका बालबालिकाहरुप्रति इंगित गर्दै उनले भने, ‘टेस्ट खेल्ने पालो तिमीहरुको हो । अबको १० वर्ष भित्रमा त्यहाँ पुग्न सकिन्छ र त्यो तिमीहरुकै पालामा हुन्छ ।’

सन् २०१३ मा पोखरामा डिभिजन ३ को बन्द प्रशिक्षण पोखरामै गरेको स्मरण गर्दै उनले ५ वर्षमा नै एकदिवसीय मान्यता पाउन सफल भएको बताए ।क्रिकेट खेल्दा आफूले गरेको संघर्ष सुनाउँदै पारसले भने, ‘मैले पनि अन्डर-१५, अन्डर-१७, अन्डर-१९ हुँदै सिनियर टिममा प्रवेश गरेको हुँ । राम्रो गर्दै जाँदा अहिले कप्तानी सम्हाल्न पाएको छु, भोलि यो जिम्मेवारी तिमीहरुको हो ।’

कुराकानीको अन्तिममा कप्तान पारसले बालबालिकालाई केहि प्रश्न भए गर्न आग्रह गरे । तर, बालबालिकाले प्रश्न नभएको बरु तपाईं जस्तै क्रिकेटर बन्न पाउँ भने । लगतै पारसले नेपालका लागि खेल्ने र जितेर देशको शान बढाउने हैन त ? भनेपछि बालबालिकाहरुले हो भन्दै हुटिङ गरेका थिए ।पोखरा क्रिकेट एकेडेमीमा ३६ बालक र ४ बालिका छन् । उनीहरुलाई क्रिकेट प्रशिक्षक रिजन प्रजू र चन्द्रकुमार गुरुङले प्रशिक्षण गराउँदै आएका छन् ।

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

तीन दिन श्रम गरे एक दिन कैद कट्टा !

नयाँ मुलुकी ऐनले कैदीलाई शारीरिक श्रममा लगाउन पाउने व्यवस्था गरेको छ । दफा ३१ मा कैदीलाई शारीरिक श्रममा लगाउन सकिने व्यवस्था छ । ऐनमा भनिएको...

हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

बेरुत । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका...

The Coolest Vanity Apps for You and Your Girls

What's possible in a week? If you dedicated seven days to the achievement of one goal, how ambitious could you make this goal? These were...