Sat Sep 15, 2018 7:39

नेकपा सचिवालय बैठकमा किन भयो राजदूत टेप्लिजको चर्चा ?

Aug 13, 2018


काठमाडौँ– सरकार नयाँ संविधान अनुसार नागरिक अधिकार सुनिश्चित गर्न धेरै कानुन निर्मणको तयारीमा जुटेको छ ।

यसक्रममा कतिपय विधेयकहरु संसदमा पेश भइसकेका छन् ।

असोज ३ सम्म संविधान अनुसार झण्डै तीन दर्जन कानुन बनाइसक्नुपर्ने सरकारलाई दबाब छ । त्यहि दबाब अनुसार धमाधम कानुन निर्माणका कामलाई सरकारले तीव्रता दिएको छ ।

तर, त्यस्ता कानुन निर्माण प्रकृया जारी रहेकै बेलामा एकजना विदेशी राजदूतले नेपालमा नागरिक अधिकार खुम्चँदै गएको भनेर टिप्पणी गरिन् ।

जसले राजनीतिक बृतमा तरङ्ग ल्याएको छ ।

यसरी नागरिक अधिकारका बारेमा टिप्पणी गर्ने अरु कोही नभएर नेपालमा तीनवर्षे कार्यकाल पूरा गरी श्रीलंकाको राजदूतमा मनोनयन भइसकेकी राजदूत अलाइना बी टेप्लिज हुन् ।

गत साता काठमाडौँमा केही सम्पादकहरुसँग कुरा गर्दै अमेरिकी राजदूत टेप्लिजले नेपालमा नागरिक अधिकार खुम्चिँदै गएको भनेर गरेको टिप्पणीलाई राजनीतिक बृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

के भनेकी थिइन् राजदूत टेप्लिजले ?

राजदूत टेप्लिजले भनेकी थिइन् –‘अनलाइन मिडियासम्बन्धी निर्देशिकाका केही प्रावधान धेरै उत्साहप्रद छैनन् । मिडियामाथि नियन्त्रण गर्नुपर्ने धारणामा समस्या छ र सेल्फ सेन्सरसिपको बढ्दो अभ्यास स्वतन्त्र समाज निर्माणका निम्ति सहयोगी हुन सक्दैन ।’

उनले थपिन् ‘सरकारले कानुन, नियम र नीतिको अन्तरवस्तुमा ध्यान पुर्याउनु आवश्यक छ । नागरिक समाजको अधिकार र मिडिया स्पेस हनन हुन सक्ने देखिन्छ । म अनलाइन मिडिया निर्देिशकाप्रति चिन्तित छु । जसले विशेषगरी नयाँ मिडियालाई स्वतन्त्र रूपमा लेख्ने क्षमतामा प्रभाव पार्न सक्छ । यो प्रस्तावित कानुन समस्याग्रस्त छ ।’

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

प्रदेश नं २ को नामाङ्कनमा फरक मत र विवाद !

वीरगञ्ज, तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक...

राणाको शोकमा काँग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार...

प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला नारा जुलुस गर्ने ठाउँ हो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा...

सरकारलाई गगनको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको...