Thu Sep 13, 2018 18:08

राणाको शोकमा काँग्रेसले तीन दिन झण्डा आधा झुकाउने

Aug 13, 2018


काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै आइतबारदेखि मंगलबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

भोलि सोमबार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि भएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए । राणाले वि.सं. २००७ सालमा भने तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका थिए ।source,dainiknepal.

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

प्रदेश नं २ को नामाङ्कनमा फरक मत र विवाद !

वीरगञ्ज, तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक...

नेकपा सचिवालय बैठकमा किन भयो राजदूत टेप्लिजको चर्चा ?

काठमाडौँ– सरकार नयाँ संविधान अनुसार नागरिक अधिकार सुनिश्चित गर्न धेरै कानुन निर्मणको तयारीमा जुटेको छ । यसक्रममा कतिपय विधेयकहरु संसदमा पेश भइसकेका छन् । असोज...

प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला नारा जुलुस गर्ने ठाउँ हो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा...

सरकारलाई गगनको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको...