Sat Sep 15, 2018 7:40

प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला नारा जुलुस गर्ने ठाउँ हो ?

Aug 13, 2018


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको बताउँदै त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने पनि जिकिर गरे ।माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’, प्रधानमन्त्री ओलीको प्रश्न छ, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’

नेकपाको सरकारले लोकतन्त्र र मानवअधिकारविरोधी काम गर्नै नसक्ने ओलीले बताए । ‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन’, प्रधानमन्त्री ओलीले भने ‘यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।’प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने पनि बताए । केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे । ‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले ओलीले १० वर्षमा नेपाललाई पुरै परिवर्तन गर्न सकिने पनि बताए । कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिए

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

प्रदेश नं २ को नामाङ्कनमा फरक मत र विवाद !

वीरगञ्ज, तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक...

नेकपा सचिवालय बैठकमा किन भयो राजदूत टेप्लिजको चर्चा ?

काठमाडौँ– सरकार नयाँ संविधान अनुसार नागरिक अधिकार सुनिश्चित गर्न धेरै कानुन निर्मणको तयारीमा जुटेको छ । यसक्रममा कतिपय विधेयकहरु संसदमा पेश भइसकेका छन् । असोज...

राणाको शोकमा काँग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार...

सरकारलाई गगनको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको...