Sat Sep 15, 2018 7:40

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा

Aug 13, 2018


काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न नसकेको हाे।

आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आव २०७४/०७५ मा यो संख्या बढेर ८२१ पुगेको काराेबार दैनिकमा समाचार छ।

यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्या मात्र हो। आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ। सबै भन्दा बढी मलेसियामा २ सय ८९ जना साउदीमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका छन्।

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

गहना चुरा लगाउनुको यस्तो छ रहस्य

साउन महिनाको अन्तिमतिर छौं । साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा...

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु गजनी, अफगानिस्तान – अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको...

आत्महत्या नै गरौं कि भनेर पनि सोचमा पुगेका बैतडीका भण्डारी मेहनत गरे नेपालमै सुन फल्छ’ भनेर माछापालन, बाख्रापालनमा

बैतडी – मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो...

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका...

दाङमा दुई जनाको मृत्यु, साथीलाई खोलाले बगाउँदा खबर नगर्ने पक्राउ

ओपेन्द्र बस्नेत तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले बगाउँदा र कुलोमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलाले...

धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको प्रस्ताव तीनपटकसम्म स्थगित

काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका...