Thu Sep 13, 2018 18:08

दाङमा दुई जनाको मृत्यु, साथीलाई खोलाले बगाउँदा खबर नगर्ने पक्राउ

Aug 12, 2018


ओपेन्द्र बस्नेत

तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले बगाउँदा र कुलोमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलाले बगाउदा तुलसीपुर उपमहानगरपालिका – १२ टरिगै निवासी करिब ४५ वर्षीय परशुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

शनिबार साँझ मजगाउँबाट घर फर्कने क्रममा खोला तर्न खोज्दा उनलाई ग्वारखोलाले बगाएको प्रहरीले जनाए पनि मृतकसँगै रहेका चित्र बहादुर चौधरीलाई भने प्रहरीले नियन्त्रमा लिएको छ ।

दुवै जनाले खोला तर्ने क्रममा परशुरामलाई बगाए पनि चित्रबहादुरले तत्कालै घरपरिवारलाई खबर नगरी भोलीपल्ट बिहान खबर गरेका थिए ।

तत्काल खबर नहुँदा खोजीकार्य र उद्दार हुन नसकेको भन्दै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रनाउ सापकोटाले बताए ।

मृतक चौधरीको शव ग्वारखोलाको पक्कि पुलदेखि उत्तरतर्फ ईट्टा भट्टा नजिकै फेला परेको थियो ।

यसैबिच, शनिबार साँझ गुहिन्द्रीकुलोमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानपालिका १६ निवासी प्रकाश चौधरीका ८ वर्षीय छोरा अभिषेक चौधरीको कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

source : Rato pati

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा

काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।...

गहना चुरा लगाउनुको यस्तो छ रहस्य

साउन महिनाको अन्तिमतिर छौं । साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा...

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु गजनी, अफगानिस्तान – अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको...

आत्महत्या नै गरौं कि भनेर पनि सोचमा पुगेका बैतडीका भण्डारी मेहनत गरे नेपालमै सुन फल्छ’ भनेर माछापालन, बाख्रापालनमा

बैतडी – मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो...

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका...

धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको प्रस्ताव तीनपटकसम्म स्थगित

काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका...