Fri Sep 14, 2018 17:42

ललितपुरबाट रेष्टुरेण्ट सञ्चालक पक्राउ, चार किशोरीको उद्धार

Aug 12, 2018


ललितपुर । किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सञ्चालकद्वयले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ ।

रेष्टुरेण्टबाट चार जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताए । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

source Rat0pati

सेयर गर्नुहोस


leaderboard-ads

रोचक

सबै

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा

काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।...

गहना चुरा लगाउनुको यस्तो छ रहस्य

साउन महिनाको अन्तिमतिर छौं । साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा...

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु गजनी, अफगानिस्तान – अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको...

आत्महत्या नै गरौं कि भनेर पनि सोचमा पुगेका बैतडीका भण्डारी मेहनत गरे नेपालमै सुन फल्छ’ भनेर माछापालन, बाख्रापालनमा

बैतडी – मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो...

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका...

दाङमा दुई जनाको मृत्यु, साथीलाई खोलाले बगाउँदा खबर नगर्ने पक्राउ

ओपेन्द्र बस्नेत तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले बगाउँदा र कुलोमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलाले...