काठमाडौँ, आज सुनको मुल्य एक्कासी तोलामा ६ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्तादेखि सुनको मुल्यमा कहिले एक्कासी गिरावट आउने र कहिले बढ्ने भैरहेको छ । सोमबार प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज ६ सय रुपैयाले बढेर ५७ हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ। साथै आज तेजाबी सुनको मुल्य प्रतितोला ५७ हजार ५ सय रुपैयामा कारोबार भैरहेको छ।
त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ। आज चाँदीको मुल्य प्रतितोला ७ सय ५० रुपैयामा कायम रहेको महासंघले जनाएको छ।