गौशाला । धनकुटा र भोजपुरमा मतदान गरेर फर्किदा लडेर दुई जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिवास नगरपालिका–६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ ज्यान गएको छ हो ।
प्रहरीका अनुसार सोही नगरपालिका–६ स्थित फलाटे मावि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको ज्यान गएको हो । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ ज्यान गएको छ ।
सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा सोही ठाउँस्थित पान्धारे लेखर्क जाने बाटोबाट करिब ३ सय मिटर तल लडेर उनको घटनास्थलमै ज्यान गएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी
Discussion about this post